सिन्धुपाल्चोकको जुगलमा फैलिएकाे महामारी कोरोना होइन

सिन्धुपाल्चोकको जुगलमा फैलिएकाे महामारी कोरोना होइन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : केही दिनयता सिन्धुपाल्चोकमा  फैलिएको सरुवा रोग रुघाखाेकी भएकाे  स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले काेराेना नभएकाे बताएकाे हाे ।  गाउँपालिकाले कोरोना जस्तै लक्षण देखिएको रोग फैलिएको भन्दै मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३, गुम्बा गाउँमा देखिएको भनिएको रोग सामान्य रुघाखोकी भएको जानकारी दिए। उनले त्यहाँका कुनै पनि गाउँलेलाई कोरोनाको संक्रमण नभएको पनि बताएका हुन्।

जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेको हो। बुधबारसम्म बिरामी हुनेको संख्या २०० नाघेको छ। चीनबाट नजिकको दूरीमा भए पनि शंकाकै आधारमा त्रास नफैलाउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्।

Skip This
Skip This
Logo