मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

मेलम्चीकोे पाइप क्षतिबाट १६ करोड नोक्सान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइप क्षतिग्रस्त हुँदा १६ करोड रुपैयाँ नोक्सान भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ३० किलोमिटर पाइप क्षतिग्रस्त भएको छ।

कलंकी–कोटेश्वर सडक निर्माणको क्रममा ७० मिटर खानेपानीको पाइपलाइन क्षतिग्रस्त भएको निर्देशनालयले जनाएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा ३० किलोमिटरभन्दा धेरै पाइप क्षतिग्रस्त भएका छन् ।

निर्देशनालयका कार्यकारी प्रमुख भोजविक्रम थापाले चक्रपथ सडक सुधार योजना, सडक विभाग, ढल विभाग, सडक डिभिजन कार्यालय र स्थानीय तहले सडक तथा ढल निर्माणको क्रममा मेलम्ची खानेपानी आयोजनाले बिछ्याएको पाइपमा क्षति पुर्याउने बताए ।‘ विभिन्न सरकारी निकायले सडक र ढलको काम गर्दा आयोजनाले बिछ्याएको पाइपलाइनमा क्षति पुर्याएका हुन्,’ उनले भने, ‘सम्बन्धित निकायलाई पत्राचार गरेर क्षतिपूर्तिको लागि ताकेता गरिरहेका छौं। तर उनीहरुले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएका छैैनन् ।

कार्यकारी प्रमुख थापाका अनुसार अर्थ मन्त्रालयले क्षतिग्रस्त पाइप फेर्न अहिलेलाई रकम दिने र पछि सम्बन्धित निकायबाट असुल उपर गर्ने आश्वासन दिएको छ। निर्देशनालयले पाटन क्षेत्रमा ३२ किलोमिटर क्षेत्रमा मात्रै पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाएको छ।

निर्देशनालयका अनुसार बल्कलाइनमा ७७ किलोमिटर र वितरण प्रणाली अन्तर्गत ११ सय ३२ किलोमिटर पाइप बिछ्याइनेछ। अब जम्मा ३२ किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ। आयोजनाले वितरण प्रणालीमार्फत प्राइमरी,सेकेन्डरी र टर्सरी गरेर तीन भागमा विभाजन गरी घरघरमा खानेपानीको पाइप पुर्याइएको छ।
नागरिकबाट

Skip This
Skip This
Logo