कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो, वैज्ञानिकहरू खोप बनाउन सक्रिय

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो, वैज्ञानिकहरू खोप बनाउन सक्रिय

केन्द्रबिन्दु
0
Shares

सिंगापुर,

नयाँ कोरोना भाइरसका कारण ९०४ जनाको ज्यान गएको थियो । भाइरसबाट ३७ हजार भन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।

कोरोना भाइरसका लागि कुनै खोप नभएको अवस्थामा केही चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार गर्न एन्टि–रेट्रोभाइरल र फ्लू औषधीहरूको प्रयोग गरिरहेका छन्, तर यी औषधि प्रभावकारी छ कि छैन भन्ने थाहा हुन सकेको छैन ।

अन्ततः वैज्ञानिकहरू २००२–२००३ का बखत फैलिएको श्वासप्रश्वास रोग सार्सको प्रकोपको अवस्थामा पुग्न सक्छन् । त्यसबखत खोप विकास गर्नुअघि नै औषधिको प्रयोगबाट सार्स नियन्त्रणमा आइसकेको थियो ।

तर सिंगापुरको बायोटेक कम्पनी एक्युमेन रिसर्च लेबोरेटरीजकी निर्देशक ओङ सिउ ह्वाले नयाँ भाइरसको खोप विकास गर्ने प्रयास जारी नै राख्नु पर्ने बताइन् । “मलाई लाग्छ खोप निश्चित रूपमा आवश्यक छ,” उनले भनिन्। “यस पटक यस्तो खोप काम नलागे पनि अर्को पटकका लागि अत्यावश्यक हुनेछ ।”

संयुक्तराज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी, करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् ।

तर छ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ । जङ्गली जनावरहरू बेचबिखन गर्ने बजारबाट फैलिएको आशंका गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिक १०० जनाको ज्यान गइरहेको छ ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउनका लागि सन् २०१७ मा गठन भएको “कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स” (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ । निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ ।
रासस/एएफपी

Skip This
Skip This
Logo