बझाङ।
सुदूरपश्चिम प्रदेशमा शनिबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प धक्का बैतडी, बझाङ, अछाम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट कुनै पनि मानवीय र भौतिक क्षति भएको खबर भने आएको छैन ।





























प्रतिक्रिया