कोरोना त्रास : चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रह

कोरोना त्रास : चीनमा रहेका आफ्ना छोराछोरीलाई चाँडो ल्याउन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनको वुहान प्रान्तमा रहेका विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरीलाई नेपाल छिटो ल्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा धर्ना दिएका छन् । विहिबार दिउँसो उनीहरुले चाँडोभन्दा चाँडो आफ्ना छोराछोरीलाई नेपाल ल्याउन माग गर्दै धर्ना दिएका हुन् ।

अभिभावक विमला श्रेष्ठले चीनबाट छोराछोरीको उद्धार गर्न सरकारले ढिलाइ गरेकाले ध्यानाकर्षण गराउन धर्ना दिएको बताइन् । उनले अहिले त्यहाँ रहेका विद्यार्थीलाई खानाका लागि समस्या भएकाले सरकारले चाँडोभन्दा चाँडो नेपाल ल्याई उद्धार गर्नुपर्ने बताइन् ।

चीनमा अहिले कोरोना भाइरस फैलिएर त्रास रहेको छ । सरकारले चाँडै नै चीनमा रहेका विद्यार्थी र नागरिक ल्याई उपत्यकाका चार ठाउँमा राख्ने निर्णय गरेको हो । चीनबाट नेपाल आउनका लागि १८० विद्यार्थी र नागरिकले चीनस्थित नेपाली राजदूतावासमा निवेदन दिएका छन् ।
रासस

Skip This
Skip This
Logo