ओमानलाई अमेरिकाकाे २ सय १४ रनको लक्ष्य

ओमानलाई अमेरिकाकाे २ सय १४ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । नवौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमले ओपनर जेभियर मार्शललाई १३ रनमा एलबिडब्लू आउट गर्दै ओमानलाई पहिलो सफलता दिलाए । दशौं ओभरको दोस्रो बलमा बायाँ हाते तीब्र गतिका बलर बिलाल खानले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभ टेलरलाई ४ रनमा एलबिडब्लू आउट गरेपछि अमेरिकाले सुरुमै दबाबको सामना गर्नु परेको थियो ।

कप्तान जिशान मकसुदले १६ औं ओभरको पाँचौ बलमा मोनक पटेललाई फष्ट सिलिपमा रहेका अकीब इलियासबाट १९ रनमा क्याच आउट गराए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए ।

ओमानका मोहम्मद नदीमले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कप्तान जिशान मकसुदले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर २ विकेट लिए । बिलाल खान र अकीब इलियास २-२ विकेट लिए । कलीमुल्लाहले १ विकेट लिएका छन् ।

Skip This
Skip This
Logo