सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

धनगढी ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मानिन्छन् ।

Skip This
Skip This
Logo