आगामी बैशाखमा आठौं घरजग्गा मेला हुने

आगामी बैशाखमा आठौं घरजग्गा मेला हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी बैशाख ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला २०२०’ आयोजना हुने भएको छ ।

नेपाल जग्गा तथा आवास विकास संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरजग्गा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा आवास तथा जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्‍याएका व्यवसायीहरु र उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो उत्पादनको यथार्थ तथा वास्तविक स्थिति जानकारी गराउन सक्ने आयोजकले जनाएको छ ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आवद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट लगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुको समेत सहभागिता रहने संघले जनाएको छ । मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका चुनौती र समस्या समाधानका उपायसहितका जानकारीहरु गराउन सफल हुने विश्वास समेत संघले गरेको छ । त्यस्तै एक लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा समेत संघले गरेको छ ।

Skip This
Skip This
Logo