काभ्रे ।
काभ्रेको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आइतबार दिउँसो इन्द्रावती नदीको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।
१६ वर्षीय सौरवलाई प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा आइतबार इन्द्रावती नदीमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।
सौरवको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया