कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु

कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

अहिले सम्म कोरोना भाइरसका कारण चीनमा मात्रै मानिसको मृत्यु भएकोमा चीन भन्दा बाहिर पनि एक जनाको मृत्यु भएको छ ।

फिलिपिन्समा ४४ वर्षीय चिनियाँ पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्मयहरुले जनाएका छन् । कोरोनाका कारण चीन बाहिर मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा माघ ११ गतेदेखि उपचार भइरहेको थियो । उनको स्वास्थ्यमा सुधार आउँदै गएपनि शनिबार उनको मृत्यु भएको हो ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या चीनमा मात्रै ३ सय ४ जना पुगेका छन् । यसबाट १४ हजार ३ सय ८० जना संक्रमित भएका बीबीसीले जनाएको छ ।

Logo