गुठी संस्थानका प्रमुख प्रशासक र उप प्रशासकविरुद्ध मुद्दा दायर

गुठी संस्थानका प्रमुख प्रशासक र उप प्रशासकविरुद्ध मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।

जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १ स्थित जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको तथा फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु नारायण चौधरी र जयप्रसाद रेग्मीलाई नियन्त्रणमा लिएको थियो ।

गुठी संस्थानका प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग ८ लाख घुस लिएको र उक्त रकम निजहरुले सेवाग्राही स्वयंलाई एवं निजको बैंक खातामा जम्मा गरी फिर्तासमेत गरेको स-प्रमाण पुष्टि हुन आएको देखिएकोले विशेष अदालतमा मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय माग गर्दै मुद्दा दायर गरिएकाे हाे ।

Skip This
Skip This
Logo