काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पूर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औल्याएका छन् । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताए। सेल्फ डिफेन्सको कला प्रर्दशनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैंलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गरे । दशरथ रंगशालाको कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आएका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफू निक्कै हर्षित रहेको बताए । समापन सत्रकै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्तर्राष्ट्रिय आबद्धता समेत प्रदान गरेका संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्वारा सम्मान गरियो । त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्वारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिए । बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्वारा संघले सम्मान गरेको छ ।





























प्रतिक्रिया