भैरहवा ।
रुपन्देहीमा आज विहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
भैरहवा–भुमही सडक खण्डमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाँउपालिका ४ मा ३ वटा ट्रक एक आपसमा ठोक्किंदा ३ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ९ जना घाइते भएका छन्।
भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र ना ५ ख ७८५६ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
सडकमा कुहिरो लागेका कारण ती ट्रकहरु आपसमा ठोक्किएका थिए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि भैरहवामा रहेको भिम अस्पताल र युनिभर्सल मेडिकल कलेज पठाइएको छ ।































प्रतिक्रिया