चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न नाट्टाको माग

चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न नाट्टाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । नाट्टाले सोमबार एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको उहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए । “कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पु¥याउनु जरुरी छ”, उनले भने । नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।
रासस

Skip This
Skip This
Logo