इटहरीका मेयर द्वारिकालाल चौधरीले करारमा कार्यरत १२ जना कर्मचारीलाई जागिरबाट निकालिदिएका छन् ।करार अवधि सकिएका उनीहरूलाई मेयर चौधरीले हटाएका हुन् ।
निकालिएका कर्मचारी मध्ये इटहरी उप महानगरपालिकामा कार्यरत अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारीहरूमा अमिन दयाराम गौतम, कम्युटर सम्बन्धी काम गर्ने लव प्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायकस्तर तेस्रो मनिषा श्रेष्ठ रहेका छन् । त्यस्तै शहरी स्वास्थ्य प्रवर्दन केन्द्रमा कार्यरत अनमी सबिना लुइँटेल पनि निकालिएकी छन् ।
त्यस्तै इटहरी अस्पतालमा कार्यरत अनमी र अहेव गरी चार जना पनि निकालिएका छन् । नगर प्रमुख चौधरीले शहरी स्वास्थ्य केन्द्र ८ मा कार्यरत अनमी गोमा देवी लुइँटेललाई पनि कामबाट निकालेका छन् ।
संघीय सरकारले पर्याप्त मात्रामा स्थायी कर्मचारी पठाइसकेकाले करार कर्मचारीहरूलाई निकालिएको उनले बताए । करार कर्मचारी हटाउँदा वार्षिक ४० लाख रुपैया जोगिने बताउंदै उनले केन्द्रबिन्दुसँग भने, “करारका कर्मचारीलाई ज्वाईं जसरी पाल्न सकिन्न ।”
उनले यस विषयमा संचारमाध्यमले सोधखोज गरेकोमा असन्तुष्टि पनि पोख्न भ्याए, “पोजिटिभ नेगेटिभ आइ डन्ट नो, मैले कर्मचारी निकाल्दा मिडियाको टाउको किन दुख्यो ?’






























प्रतिक्रिया