गायिका आस्था राउत प्रहरी कार्यालयमा

गायिका आस्था राउत प्रहरी कार्यालयमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका आस्था राउत महानगरिय प्रहरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी अभिभावकका साथ आज विहान प्रहरी कार्यालय पुगेकी हुन् । माघ ५ गते पक्राउपूर्जी जारी गरेपनि अभिभावकका साथ आएमा पक्राउ नगरिने प्रहरीले जनाएको थियो ।

महानगरिय प्रहरी परिसरका प्रबक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार उनी परिवारका साथ प्रहरीमा पुगेकी हुन् । गायिका आस्थाको विषयमा अब कानुनी प्रक्रिया अगाडी बढाइने उनले जानकारी दिए ।

यस अघि प्रहरी सङ्गठनलाई अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुर अन्तर्गत मुद्दा चलाएको थियो । आफूलाई दुर्व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले गायिका राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी थिइन् । उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुन अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।

केहि दिन अघि त्रिभुवन विमानस्थलबाट भद्रपुर जाने क्रममा ड्युटीमा खटिएका प्रहरीसँग भनाभन भएपछि गायिका राउत विवादमा आएकी थिइन् । उनले प्रहरीसँग झगडा गरिरहेको सिसिटिभी फुटेज पनि सार्वजनिक भएको छ ।

Skip This
Skip This
Logo