प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा

प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा

केन्द्रबिन्दु
0
Shares

धकधइ । प्रभु बैंक लिमिटेडले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा आफ्नो २०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे ।

कार्यक्रमका प्रमुख अतिथि सनोज कुमार यादवले प्रभु बैंकले बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नो शाखा सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउँदै सफलताको शुभकामना दिए । समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको धकधइ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने बैंकले जनाएको छ । बैंकले यसबाट स्थानीय वासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीय स्तरको सम्पूूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo