कतार: नेपाल प्रवासी तामाङ समाज कतारकाे आयोजनामा कतारमा तामाङहरूले २८५६ औं सोनाम ल्होछार मनाइएका छन्।
जहाँ रहेपनि आफ्नो भाषा सँस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु पर्ने तामाङ समाज कतारका सल्लाहकार माइल लामा वाइबाले बताए । सो अवसरमा वाइबाले ल्होछार पर्वको बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा प्रथम नेपाल आइडल विजेता बुद्द लामा, तामाङ सेलो गायक सन्जिब वाइबा र सेलो गायिका अन्जु लामाकाे प्रस्तुति समेत थियाे ।
कार्यक्रममा काभ्रेपलान्चोक सेवा समाज , सिन्धुलि सेवा समाज , तामाङ कलाकार सङ्घ, म्हेन्दोमाया समाज , तमु समाज कतार लगायतले झाँकी प्रस्तुत गरेका थिए ।

कतारको मिसाइद स्थित अ्म्वाज क्याटरिङको प्राङगणमा भएको कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थितिबीच भएकाे कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरे ।






























प्रतिक्रिया