बितेको वर्ष २०२० ले मानवजगतलाई सिकाएका ८ कुरा

बितेको वर्ष २०२० ले मानवजगतलाई सिकाएका ८ कुरा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वर्ष २०२० उथलपुथलले भरिएको वर्ष रह्यो । त्यतिमात्र नभई यो वर्ष विश्व जगतले नै निकै दु:ख भोग्नु परेको साल समेत सावित भयो । मानव जीवनमा घट्ने हरेक घटनाले कुनै न कुनै पाठ सिकाउने गर्दछ । जस अनुसार वर्ष २०२० ले पनि जाँदाजाँदै धेरै कुरा सिकाएर गएको छ । आज हामी वर्ष २०२० ले सिकाएका तिनै ८ कुरा पस्कदैछौँ जुन हाम्रो जीवनभरका लागि अमूल्य पाठ साबित भएको छ ।

१. पारिवारिक बनौँ
विश्वमा आक्रान्त फैलाईरहेको कोभिड १९ ले जब नेपालमा पनि असर पु¥याएपछि कोभिडको पहिलो चरणमा नै देश पूर्णरुपमा लकडाउनमा गयो । जसकारण मानिसहरु आफ्नो दैनिक गतिविधि त्यागेर घरभित्र थुनिन बाध्य भए ।

कार्यव्यस्तताका कारण आफ्नो परिवारलाई समय दिन नपाएकाहरुले यस लकडाउन अवधिमा खुलेर परिवारसँग समय बिताउने अवसर पाए । परिवारसँग सुखदुःखका कुरा साटासाट गर्नाले कतिपयको बिग्रन लागेको घर परिवार भाँडिनबाट जोगियो । बाबाआमाले पर्याप्त समय दिन नसक्दा गलत बाटोमा फस्न लागेका बच्चाहरु पनि अभिभावकबाट पर्याप्त समय पाउँदा बिग्रनबाट बचे । समग्रमा भन्नु पर्दा परिवारका सदस्यबीचको गुमिसकेको आत्मियता पुनः ताजा पार्ने मौका २०२० मा जुर्न पुग्यो । २०२० ले व्यवसायिक जीवनमात्र नभई पारिवारिक जीवन पनि उतिकै महत्वपूर्ण छ भनि पाठ सिकायो ।

२. खाद्यान्न स्टकमा राखौँ
२०२० ले खाद्यान्नसहित अति आवश्यक वस्तुहरु स्टकमा राख्न पनि सिकायो । मानविय कारण मात्र नभई प्राकृतिक कारणले पनि जुनसुकै समयमा विपद् आई पर्न सक्ने हुँदा आफू माझ सहयोग नआउन्जेल सम्मका लागि थेग्न भएपनि अत्यावश्यक सामाग्रीहरु स्टकमा राख्नु पर्दछ । यसो गर्नाले आफू अप्ठ्यारोमा पर्दा मात्र नभई आफ्ना छरछिमेक र आफन्तहरु विपद्मा पर्दा पनि साथ सहयोग गर्न सकिन्छ । वर्ष २०२० मा महामारीको रुपमा फैलिएको कोरोना भाइरस र नेपालमा विभिन्न क्षेत्रमा घटेका विभिन्न प्राकृतिक घटनाहरुबाट खाद्यान्न स्टकमा राख्नु महत्वपूर्ण रहेको बुझ्न सकिन्छ ।

३. घरको महत्व
घर शब्द सुन्दैमा आनन्दको अनुभूति हुन्छ । दिनभरिको मानसिक र शारिरीक तनाब बिसाउने स्थलको रुपमा घरलाई लिईने गरिन्छ । तर समय आधुनिकिकरणतर्फ ढल्कँदै जाँदा मानिसहरु घरको महत्व विस्तारै विर्सदै जान थालेका छन् । पछिल्लो समय मानिसहरु आफ्नो घर त्यागी शहरतर्फ लाग्ने, पैसा भएपनि घरमा भन्दा व्यापार व्यवसायमा लगानी गर्ने तर आफू भने भाडाको घरमा बस्ने गरेको पाईएको छ । २०२० मा भएको लकडाउनमा व्यापार व्यवसाय जागिर ठप्प हुँदा जो भाडाको घरमा बसेका छन् सबैभन्दा धेरै उनीहरु प्रभावित बने । एकातर्फ आफूसँग पैसा नहुने र अर्कोतर्फ घरभाडा तिर्न लगातार दबाब आईरहँदा धेरै मानिसहरु शहरबाट आफ्नो घरतर्फ बिस्थापित भए । आफू जुनसुकै ठाउँमा पुगेपनि र जस्तोसुकै काम गरेपनि हाम्रो जीवनमा घरको निकै ठुलो महत्व हुने पाठ २०२० ले सिकाएको छ ।

४. मासु काट्ने स्थानबाट टाढा रहौँ
वर्ष २०२० मा मानिसहरुले ब्याक्टेरिया र भाइरस अलग अलग हुन् भन्ने थाहा पाए । ब्याक्टेरियाबाट त बच्न सकिन्छ तर भाइरसबाट बच्न भने मुस्किल हुने गर्दछ । वैज्ञानिकका अनुसार लगभग १७ लाख भन्दा बढी भाइरस अस्तित्वमा छन् भने ३.२० प्रतिशत घातक छन् । यसमा पनि २१९ भाइरस यस्ता छन् जुन मानव अस्तित्व मेटाउन सक्ने क्षमता राख्छन् । भाइरस जिउँदो रहन कुनै न कुनै जीवको शरीर आवश्यक हुने गर्दछ । त्यसैले भाइरस फैलने उच्च सम्भावना रहने ठाउँ भनेको मासु काट्ने ठाउँ हुने गर्दछ । २०२० मा विश्व आक्रान्त पारेको कोभिड १९ मात्र नभई सार्स, ईबोला जस्ता भाइरसहरु पनि सुरुमा मासु काट्ने र विक्री वितरण गरिने ठाउँबाट फैलन सुरु भएको थियो ।

५. स्वास्थ्यलाई प्राथमिकतामा राखौँ
२०२० को सुरुवातमा देखिएको कोरोना भाइरसले धेरैलाई स्वास्थ्यलाई प्राथमिकतामा राख्न सिकायो । हर उमेर समुहका मानिसलाई यस भाइरसले संक्रमण गर्ने भएपनि दीर्घरोगी, तथा वृद्धवृद्धालाई वढि असर पा¥यो । सोझो रुपमा भन्ने हो भने रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुमा यसको असर बढी देखियो । जब यो कुरा मानिसहरुले थाहा पाए आफूलाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न जरुरी ठाने । हर मानिसले आफूलाई स्वस्थ राख्न थालेपछि सुरुमा असामान्य रुपमा आतंक मच्चाएको कोरोना भाइरस पछिल्लो समय केहि मत्थर हुँदै गएको छ । दैनिक व्यायाम गर्ने, फलफूल तरकारी खाने, चिल्लो पिरो कम खाने गर्नाले हामी स्वस्थ रहन सक्छौँ भने कोरोना मात्र नभई अन्य थुप्रै भाइरस तथा रोगहरुसँग लड्न सक्ने भएकोले वर्ष २०२० ले स्वास्थ्यलाई प्राथमिकतामा राख्न सिकाएको छ ।

६. डिजिटल बनौँ
२०२० ले रुपैयाँको लेनदेनमा पनि सावधानी अपनाउनु पर्ने शिक्षा दिएको छ । विश्व आधुनिकिकरण तर्फ लम्कँदा अब हामीले पनि डिजिटल पेमेन्टको बानी बसाल्नु पर्ने जरुरी देखिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोना भाइरस फैलिएपछि बिजुली, पानी, फोन लगायत थुप्रै सुविधाहरुको अनलाईन मार्फत गरिने बिल भुक्तानीमा ७४ प्रतिशतसम्म बढेको पाईएको छ । डिजिटल पेमेन्ट निकै प्रभावकारी र सहज सावित हुँदै आएकोमा यसको प्रयोग अझ धेरै गर्नु पर्ने देखिन्छ । डिजिटलाईजेसनकै कुरा गर्दा विश्वमा प्रयोगमा रहेपनि नेपालमा सुरुवाती चरणमा रहेको भच्र्युअल कक्षा तथा मिटिङहरु पनि निकै प्रभावकारी बने । कोभिडका कारण सामाजिक दुरी कायम गर्नुपर्ने तर कक्षा तथा व्यवसाय पनि चलायमान गर्नुपर्ने अवस्थामा यस प्रविधिले ठूलो भूमिका निर्वाह ग¥यो । अत अब उप्रान्तका दिनहरुमा पनि डिजिटल प्रविधिको सकेसम्म धेरै प्रयोग गर्नुपर्ने वर्ष २०२० ले सिकाएको छ ।

७. बचत गर्ने बानी बसालौँ
वर्ष २०२० ले मानिसलाई बचत गर्नुको महत्व पनि सिकाएको छ । बचत गर्नु पर्छ भन्ने कुरा थाहा भएपनि उथलपुथलले भरिएको २०२० भन्दा अघि धेरै कम मानिसको मात्र बचत गर्ने बानी बसेको थियो । किनकी मानिसहरुले यस्तो समय पनि आउन सक्छ भनेर अन्दाज समेत गरेका थिएनन् । यस समयमा जसको बचत गर्ने बानी थिएन सबैभन्दा धेरै उनीहरुलाई प्रभावित बने । २०२० ले अनावश्यक खर्च नगरी बचत गर्ने बानी बसाल्न सिकाएको छ ।

८. समय कर्म र योजनाको महत्व बुझौँ
यहाँ धेरै व्यक्तिहरू छन् जो मन लागि सुत्छन् र मन लागि उठ्छन् । मन लागि खान्छन् र मन लागि घुम्छन् । उनीहरूको जीवनमा समयको कुनै व्यवस्थापन छैन । जो समय अनुसार चल्न जान्दैन उसले आफ्नो सपना समयमा पूरा गर्न सक्दैन । त्यसकारण, जीवनमा उठ्ने, पूजा गर्ने, खाने, सुत्ने, काम गर्ने र लक्ष्य प्रवेश गर्ने नियमहरू निश्चित गर्नु जरुरी हुन्छ । जीवन एकदम छोटो छ र समय धेरै सानो भएकोले समयको महत्व बुझ्नु पर्ने हुन्छ ।

जीवनको कुनै पनि क्षेत्रमा राम्रो रणनीतिले तपाईंको जीवनलाई सफल बनाउन सक्छ । यदि त्यहाँ कुनै योजना वा रणनीति छैन भने जीवन अराजकको भविष्यमा सफलताको ग्यारेन्टी बिना जान्छ । यो यस्तो अवधि हो कि अब यो तपाइँको दिमागमा मास्टर प्लान हुनु आवश्यक छ । यदि तपाईं जीवनको कुनै पनि क्षेत्रमा जीत गर्न चाहनु हुन्छ र यदि तपाईंको रणनीति र उद्देश्य सही छ भने कुनै कुराले तपाईंलाई जित्नबाट रोक्न सक्दैन ।

जीवन भाग्यसँग चल्दैन । दिन कहिले बित्नेछ भनेर थाहा हुनेछैन, त्यसैले तपाईंले प्रत्येक दिनको पूर्ण उपयोग गर्नुपर्दछ । तपाईंले केहि कार्यहरू गर्नुपर्दछ जुन तपाईंको अर्को जीवनको लागि तयार छ । त्यसकारण, यस जीवनमा तपाईं सक्दो धेरै राम्रा कामहरू गर्नुहोस् । एकचोटी यो जीवन बितिसकेपछि, तपाईंको प्रतिभा, पहिचान, धन र स्थिति कुनै कामको हुँदैन ।

Skip This
Skip This
Logo