प्युठान ।
पूर्व गृह सहायक राज्यमन्त्री टंक बहादुर बिष्टको ९७ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मृगौला र सुगर रोगको समस्या झेल्दै आएका बिष्टको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार निधन भएको हो । पंचायतकालमा (२०४० देखी २०४३ सम्म) गृह सहायक राज्यमन्त्री भएका बिष्टले सामाजिक क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको बिहिवार (आज) बिहान झिमरुक नदीमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक श्रोतले जनाएको छ । बिष्टका ४ छोरा र १ छोरी छन् ।
विक्रम संवत् १९८० साल साउन २९ गते जिल्लाको प्युठान नगरपालिका २ क्वाडिमा जन्मिएका बिष्ट तत्कालीन समयमा प्युठान जिल्लामा ३ पटकसम्म राष्ट्रिय पञ्चायतको निर्बाचित सदस्य, सल्लाहकार सभाको सदस्य, जिल्ला पञ्चायत सभापति, गाउँ पञ्चायतको प्रधानपन्च समेत भएका थिए । जिल्लामा पुराना, त्यागी र इमान्दार, समाजसेवी एवं राजनीतिज्ञको छवि बनाएका बिष्ट २०४१ सालमा लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा गृह सहायक राज्यमन्त्री र २०४२ मा निर्माण यातायात सहायक मन्त्री समेत भएका थिए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया