काठमाडौं । ललितपुरको युएन पार्क नजिकै मधेश आयोग कार्यालय जाने बाटोबाट नजिकै डेढ महिना अघिदेखि बा ८ च ५७३८ नम्बरकाे टाटा कम्पनीको इण्डिका भिस्टा कार अलपत्र अवस्थामा छाडिएको पाइएको छ । डेढ महिना अघिदेखि उक्त रातो नम्बर प्लेटकाे कार वस्तीको सडक छेउमा पार्किङ गरेर छाडिएको अवस्थामा रहेको स्थानीय पद्मरत्न बज्रचार्यले बताए । ‘कार कसकाे हो थाहा छैन, दिनभरि बच्चाहरु कारभित्र गएर खेलेको देखिन्छ । बाहिरबाट हेर्दा कार राम्रै देखिए पनि बालबालिका खेलिरहँदा पनि कसैले केही नभनेको देख्दा कार टोलवासीको नभएको दाबी गरे ।

उक्त कारको बारे जिज्ञासा लिएर केन्द्रबिन्दुकर्मी युएन पार्क नजिकै रहेको प्रहरी चेकपोष्ट पुग्दा चेकपोष्टमा खटिएका प्रहरीले आफूहरुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । केन्द्रबिन्दुकर्मीले प्रहरीलाई अलपत्र अवस्थामा रहेको कार नजिकै लगेर जानकारी गराएपछि मात्रै ललिपुर पाटनढोकाबाट असइ उमेश फुयाँल सहितको टोली कार रहेको स्थानमा आइपुगे । फुयाँलले जिल्ला प्रहरी कार्यालय ललितपुर र महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा खबर गरे ।

उक्त कार अझै उठाएर लगिएकाे छैन । अनुसन्धानको दायरमा तान्न सकिएको छैन । असइ फुयाँलले अलपत्र रहेको कार बारे ट्राफिक प्रहरीले अनुसन्धानमा तानेपछि मात्रै कसको कार हो र किन बेवारिसे छाडिएको हो भनेर पत्ता लगाउन प्रहरी लागिपर्ने बताए ।

तस्बिरहरु : राजेश खाती































प्रतिक्रिया