अष्ट्रेलियामा विनाशकारी आँधी

अष्ट्रेलियामा विनाशकारी आँधी

केन्द्रबिन्दु
0
Shares

सिड्नी ।

अष्ट्रेलियामा विनाशकारी आगलागी सेलाउन नपाउँदै अर्को प्राकृतिक विपद् आएको छ । देशको पूर्वी भागमा आँधिवेहरीका कारण हजारौं मानिस प्रभावित भएका छन् । जसले गर्दा ३० हजार घरमा विद्युत् अवरुद्ध भएको छ । मंगलबार आएको उक्त आँधीवेहरीको असर क्यानबेरा, न्यु साउथ वेल्स, क्वीन्सल्याण्डतर्फ पनि परेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रतिघण्टा एक सय किलोमिटर तिव्रतामा आँधीवेहरी आएको छ । प्रभावित क्षेत्रका नागरिकले सरकारसँग उद्धारका लागि आह्वान गरेका छन् । थुप्रै स्थानमा सडकमा कार तथा अन्य सवारी साधन ढलेका रुखले किचिएको अवस्थामा छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo