काठमाडौं ।
कुष्ठरोग निवारणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानलाई बेल्जियमका राजकुमारी अस्ट्रिडले साथ दिएकी छिन्। एक साताका लागि नेपाल आएकि राजकुमारी अस्ट्रिडले डामिन फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको कृष्ठरोग बारेको सेमिनारमा सहभागी भएकी हुन् ।
विश्व कुष्ठरोग दिवसको उपलक्ष्यमा फाउण्डेशनले गरेको कार्यक्रममा सम्बन्धित विज्ञले कार्यपत्र प्रस्तुत गर्नुका साथै कृष्ठरोग निवारणका लागि भइरहेका प्रयासबारे उनले जानकारी दिइन् । कार्यक्रममा कुष्ठ रोगबाट पीडित बुटवलकी शावित्री श्रेष्ठ र क्षयरोगको समस्याको उपचाररत धनुषाका चन्द्रप्रकाश यादवले आफ्नो कथा व्यथा सुनाएका थिए । उक्त प्रस्तुतीलाई बेल्जियमकि राजकुमारीले चासोपूर्वक लिएकी थिइन् ।
प्रोफेसर मधुसुधन सुवेदीले कुष्ठरोग निवारण सम्बन्धी नेपालको प्रगतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । फाउण्डेशनका देशीय प्रतिनिधि डा सुशील कोइरालाले फाउण्डेशनले कुष्ठरोग र क्षयरोग निवारण सम्बन्धी जनचेतना अभिवृद्धिका साथै औषधि उपचारको लागि पहलकदमी गर्दै आएको जानकारी दिए । पाँच प्रदेशका १६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे ।
आगामी जनवरी ३० मा विश्व कुष्ठरोग दिवस मनाइँदैछ । विश्वमा हरेक दिन ६०० कुष्ठ रोगी पत्ता लागेको बताइन्छ । आधुनिक चिकित्सा विज्ञानले कुष्ठरोगीको उपचार गर्न सकिन्छ तर अझै पनि कुष्ठरोगी भएका समाजमा अपहेलित हुने गरेका छन् । नेपाललाई सन् २०२० सम्म पूर्ण रुपले कुष्ठ रोग निवारण देश बनाउने सरकारको लक्ष्य रहेको छ ।
रासस































प्रतिक्रिया