सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन : पाँच अर्ब लाग्ने अनुमान

सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन : पाँच अर्ब लाग्ने अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन करिब ५ अर्ब रुपैयाँ लाग्ने भएको छ। सिलिगुडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको हो।

नेपाल आयल निगमले पुल्चोक इन्जिनियरिङ कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको थियो । कलेजका सिभिल इन्जिनियरिङ विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमका अनुसार सिलिगुडी–चारआली पाइपलाइन र चारआलीमा इन्धनको ९० हजार किलोलिटर भण्डार गृह निर्माण निर्माण गर्न चार अर्ब ७८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस अन्तर्गत काँकडभिट्टादेखि झापाको मेचिनगर १३ स्थित चारआलीसम्म पाइपलाइन ओछ्याउन एक अर्ब १९ करोड र भण्डार गृह निर्माण गर्न तीन अर्ब ५९ करोड खर्च लाग्ने गौतमले जानकारी दिए। ‘हामीले पाइपलाइन ओछ्याउने काम र भण्डार गृह निर्माण गर्ने काम उपयुक्तका साथै भविष्यका लागि समेत यो निकै किफायती र सहज हुन सक्छ भनेर सुझावसहित प्रतिवेदन बुझाइसकेका छौं’, गौतमले भने, ‘इस्टिमेट गरिएको लागत खर्च विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को क्रममा थपघट हुन सक्छ।’

पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन कन्सलटेन्सी समूहले निगमलाई जिम्मा लगाइसकेको छ । यही अध्ययनको आधारमा निगमले काँकडभिट्टा–चारआलीसम्मको ३१ किलोमिटर खण्डमा पाइपलाइन विस्तार गर्ने योजनालाई अघि बढाउँदै छ । सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी) को डिपोसम्म पाइपलाइन पहिलेदेखि सञ्चालनमा छन् । यो पाइपलाइन निर्माण भएको खण्डमा भारतसँग अन्तरदेशीय इन्धन आयात गर्ने दोस्रो पाइपलाइन मानिनेछ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo