प्रतिनिधी सभा बैठक आज सुचारु हुने, सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

प्रतिनिधी सभा बैठक आज सुचारु हुने, सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभा बैठक सुरु हुने भएको छ। नेकपाभित्र सभामुखको उम्मेदवार विवादले संसद् एक महिनादेखि अनिर्णयको बन्दी बनेको थियो।

नेकपाभित्र विवाद सल्टिएपछि सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउने भएको हो । सोमबारको बैठकमा नयाँ सभामुख निर्वाचनको कार्यतालिका आउने संसद् सचिवालय स्रोतले जनाएको छ । तर आइतबार साँझसम्म निर्वाचन प्रक्रियाका लागि सचिवालयले सम्भावित कार्यसूची बनाएको छैन । ‘उपसभामुखले राजीनामा नदिएको अवस्था एकातिर छ भने कार्यसूची बनाउने आदेश पनि उपसभामुखबाट आएको छैन । त्यसैले सम्भावित कार्यसूची बनेको छैन’, संसद् सचिवालय स्रोतले भन्यो।

नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने र उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ। स्रोतका अनुसार उपसभामुखले सोमबारसम्म राजीनामा दिने तयारी छ। उनले राजीनामा दिएमा ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेर सभामुख निर्वाचन कार्यक्रम अघि बढ्नेछ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका महन्थ ठाकुरलाई तयार रहन भनिएको छ। सभामुखको निर्वाचन प्रक्रिया सोमबार अघि बढे पनि माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनपछि मात्रै सभामुखको निर्वाचन हुने स्रोतले जनाएको छ।
नागरिकबाट

Logo