सनराइज बैंकको भ्याली एक्सप्रेसमा विशेष छुट योजना

सनराइज बैंकको भ्याली एक्सप्रेसमा विशेष छुट योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सनराइज बैंकले भ्याली एक्सप्रेस रेष्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० प्रतिशत छुट योजना ल्याएको छ ।

यस योजना अन्र्तगत सन्राइज बैंकका ग्राहकहरुले आफ्नो डेविट/क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्युआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस रेष्टुरेन्टको बिल भुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन् ।

उल्लेखित योजना अनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २ देखि दुई महिनासम्म भ्याली एक्सप्रेस रेष्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुरमा रहेका शाखाहरुबाट नगद छुट प्राप्त गर्न सक्नेछन् ।

देशभर १५२ एटिएम, १३० शाखा, २ हजार भन्दा बढि मर्चेन्ट नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । बैंकले होटल, रेष्टुरेन्ट, एयरलाइन्स जस्ता विभिन्न क्षेत्रमा गरिने कार्डमा क्युआर पेमेन्ट छुटको व्यवस्था गरी ग्राहकहरुलाई लाभान्वित गराउँदै आएको छ ।

Skip This
Skip This
Logo