रूसी संसदको तल्लो सभा डुमाले राष्ट्रपति पुटिनद्वारा प्रस्तावित मिखाइल मिशुस्तिनलाई प्रधानमन्त्रीका रूपमा बिहीबार अनुमोदन गरेको छ । मिशुस्तिनलाई बिहीबार नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो ।
पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गरेका थिए । यसै परिवर्तनको सन्दर्भमा राष्ट्रपति भ्लादिमीर पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि लामो समय सहयोगी रहँदै आएका निवर्तमान प्रधानमन्त्री दिमित्री मेदभेदेवले बुधबार राजीनामा दिएका थिए । उनले राष्ट्रपतिले संविधानमा नयाँ सुधारको प्रस्ताव ल्याएको र यसमा आफूले सघाउनुपर्ने नैतिक दायित्व रहेको बताए।
सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको उल्लेख थियो तर मेदभेदेवलाई अर्को व्यवस्था नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गरिरहन आग्रह गरेका थिए । राष्ट्रपति पुटिनले नयाँ प्रस्तावमा सुरक्षा परिषद्को उप–प्रमुखको पद पनि सिर्जना गर्नुका साथै यसको नेतृत्व मेदभेदेवलाई गर्न आग्रह गरिएको छ ।
वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा आफूले पदबाट राजीनामा गरेको र राष्ट्रपतिलाई आवश्यक कदम चाल्न मार्ग प्रशस्त गरेको निवर्तमान प्रधानमन्त्री मेदभेदेभले बताए ।
राष्ट्रपति पुटिनले एक विज्ञप्तिमार्फत् निवर्तमान प्रधानमन्त्री मेद्भेदेवलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्हालेको भन्दै उनको प्रशंसा गरे । एक हप्ता पहिले पुटिनले संसद्को भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत सङ्ग्रहको प्रस्ताव गरेका थिए ।





























प्रतिक्रिया