जन्ती बोकेको जिप दुर्घटना हुँदा १६ जना घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुली । सिन्धुलीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् भने जिप चालक फरार भएकाे  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका   एसपी रञ्‍जु सिग्‍देलले केन्द्रबिन्दुलाई बताइन् ।

बिहीबार पाँच बजेतिर १८६० ज १ च नम्बरको जिप  हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन्।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जिप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको हो । उक्त जिप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको र चार जनालाई भने थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिग्देलले जानकारी दिइन्।

 

Skip This
Skip This
Logo