पुलिस एमएम कपको फाइनलमा

पुलिस एमएम कपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ंं – नेपाल पुलिस क्लबले सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएकाे छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले उपाधिको लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । आर्मीले पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर ३ लाई ६४ रनले हराउँदै फाइनलमा पुगेको थियो । आज सम्पन्न दोस्रो खेलमा २ सय ३० रनको लक्ष्य पक्ष्याएको सुदूरपश्चिम ३३.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।

Logo