जङ्गलमा तास खेलिरहेका ५ जना काभ्रे प्रहरीको नियन्त्रणमा

जङ्गलमा तास खेलिरहेका ५ जना काभ्रे प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २०, चार वटा स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐन अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo