दमकल नपुग्ने राजधानीका साँघुरा ठाउँमा यसरी निभाइन्छ आगो (भिडियोसहित)

दमकल नपुग्ने राजधानीका साँघुरा ठाउँमा यसरी निभाइन्छ आगो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको ४ इञ्चका फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो ।

अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइपमा पाइप जोडे । त्यसपछि कुददै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो । यो पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए । यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकता अनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ । राजधानीका साँघुरा गल्लीमा हुन सक्ने सम्भावित आगलागीका घटनालाई नियन्त्रण गर्न शुरु गरिएको आगो निभाउने प्रविधि हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo