सेलपे सेवाको कारोवार सीमा थप

सेलपे सेवाको कारोवार सीमा थप

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम आफ्नो मासिक कारोवारको सीमा रकम अद्यावधिक गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहक वर्गले सेलपेबाट पी टू पी रकम स्थानान्तरण एक पटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्ने बताइएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । यसैगरी वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सुरक्षित र लोयाल्टि पोइन्टस पाइनु सेलपेका अन्य विशेषता भएको कम्पनीले बताएको छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी टू पी, पी टू बी, बी टू पी, बी टू बी आदि वास्तविक समयमा गर्न सकिने कम्नीको भनाइ छ । गुगल प्लेस्टोर तथा एप्पल एपस्टोर दुवैमा उपलब्ध यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासँग आबद्ध भएका बैंकका ग्राहकले सहजै यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo