एपीएफ र च्यासलबीचकाे खेल बराबरी

एपीएफ र च्यासलबीचकाे खेल बराबरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफ क्लबसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले एपीएफसँग गोलरहित बराबरी खेलेको हो ।

दुवै टोलीले पाएकाे अवसरकाे सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीम सकिएकाे हाे । च्यासलका अमित श्रेष्ठले पेनाल्टी एरिया नजिकबाट गरेको प्रहारमा एपिएफका गोलकिपर अमृत चौधरीले पन्च आउट गरेका थिए।

सन्तोष साहुखलको पासमा सुनिल खड्काले ३३औं मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएका थिए। उनले ६ यार्ड बक्स भित्रबाट गरेको फितलो प्रहार एपिएफका गोलकिपर अमृत चौधरीले बचाउ गरे।

एपिएफका रबी थिङले ३८औँ मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार च्यासलका गोलकिपर एलान न्यौपानेले बचाएका थिए।

५४औ मिनेटमा गोल नजिक पुगेको एपिएफका राजिव लोप्चानले च्यासलका गोलककिपर एलान न्यौपानेलाई छिचोल्न सकेनन्। युवराज खड्काको क्रसमा राजिवले ६ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडरलाई एलानले पन्च आउट गरेका थिए।

पुर्ण बहादुर गुरुङले ७३औं मिनेटमा दायाँतर्फ बाट गरेको क्रसमा च्यासलका कप्तान सन्तोष पुनः गोल गर्न चुके। च्यासलका सुसन लामाले ७८औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो।

एपिएफका प्रदिप लामाले ८७औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो। त्यसको एक मिनेट नबित्दै च्यासलका कप्तान सन्तोषको प्रहारमा एपिएफका गोलकिपर अमृत चौधरीले रोके।

बराबरीसँगै च्यासल ६ खेलबाट ६ अंकसहित तालिकाको १० औं स्थानमा छ भने समान खेलबाट ५ अंक जोडेको एपिएफ ११ औं स्थानमा उक्लिएको छ।

Skip This
Skip This
Logo