वासिंगटन ।
कुसाम सुलेमानीको हत्या भएकै दिन अमेरिकी फौजले अर्का इरानी कमाण्डरलाई पनि निशाना बनाएको खुलासा भएको छ । तर उक्त निशाना असफल भएको बताइएको छ । अमेरिकी अधिकारीहरुले नै यस्तो खुलाएका हुन् ।
इरानी उच्चस्तरीय कमाण्डर अब्दुल रेजा शहलीमाथि पनि आक्रमण प्रयास गरेको अमेरिकी अधिकारीले जनाएका छन् । तर पेन्टागनले यसबारे केही प्रतिक्रिया दिएको छैन । यमनमा रहेका शहलीमाथि अमेरिकी र अमेरिकी सम्बद्ध फौजमाथि लामो समयदेखि हमलाको निशाना बनाउँदै आएको आरोप अमेरिकाले लगाउने गरेको छ । अमेरिकाका लागि साउदी राजदूतको हत्याको षड्यन्त्र रचेको आरोप शहलीमाथि अमेरिकाले लगाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया