काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा तोडफोड भएको छ । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएको हो । आफन्तले चिकित्सकको लापरबाहीले राइको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरूले भ्याकुमले बच्चा तान्दा लापरबाही भएको बताएका छन् ।
उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही, परिवारलाई क्षतिपूर्ति र बच्चाको बाँच्ने आधार सुरक्षित गर्न माग गरेका छन् ।





























प्रतिक्रिया