बढ्दो प्रदुषणको असर : उपत्यकावासीलाई उमेरमै अनेक रोग

बढ्दो प्रदुषणको असर : उपत्यकावासीलाई उमेरमै अनेक रोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय काठमाडौ उपत्यका र उपत्यका बाहिरका मुख्य सहरहरुमा प्रदुषण बढ्दो छ । जाडो मौसममा काठमाडौं उपत्यकामा प्रदुषणको तह बढिरहेको प्रदुषण मापन यन्त्रले औल्याएका छन्।

प्रदुषणले उपत्यकावासी तथा मुख्य सहरवासीको स्वास्थ्यमा गम्भिर असर परिसकेको अस्पतालमा केही अध्ययन तथा अनुभवी चिकित्सकहरुले जनाएका छन् । चिकित्सकका अनुसार प्रदुषणले मुटु, मस्तिष्क, फोक्सो, आँखा र छाला मुख्य असर पर्ने अगं हुन् । यस्तो असर नेपालमा पनि परिरहेको छ। केही रोगको बारेमा अध्ययन भएको छ धेरैको खास अध्ययन हुन सकेको छैन ।

अध्ययनहरुले बढी प्रदुषित क्षेत्रमा बिहानै तथा चिसो मौसममा पुगेर व्यायम नगर्न समेत सुझाएका छन् । तर प्रदुषणको असरले हुने केही नयाँ रोगहरु बढिरहेको चिकित्सकहरु औल्याउँछन् ।

चिकित्सकका अनुसार प्रदुषणले फोक्सोमा दुई चरणमा असर गर्छ। पहिलो तत्कालै दोस्रो दीर्घकालिन असर। प्रदुषणबाट उत्पन्न धुवाँ सिधै श्वास–प्रश्वास हुँदै फोक्सोमा पुग्ने कारण श्वास–प्रश्वास नलीमा संक्रमण,कीटाणुजन्य संक्रमण, व्रोङकाइटिश, निमोनियाँ लगयायतका रोगहरु लाग्छन्। धेरै धुलो धुवाँमा काम गर्नेहरुमा व्रोङकाइटिश रोग लाग्छन्। व्रोङकाइटिश भयो भने ठूलो श्वास नलीमा संक्रमण हुन्छ। यो कम उमेरका बालबालिका र बृद्ध–बृद्धामा हुन्छ। व्रोङकाइटिश भएमा छातिमा खकार देखिने,श्वास–प्रश्वास प्रणालीमा समस्या आउने,छातिमा घ्यार–घ्यार हुने जस्ता समस्या देखिन्छन्। जाडो मौसममा प्रदुषण बढी हुने भएकोले यी रोगको जोखिम पनि जाडो मौसममा नै बढी हुने चिकित्सक बताउँछन् ।

नेपालमा दम रोगको संख्या बढिरहेको अस्पतालमा आउने विरामीको स्थिति र अध्ययनले समेत पुष्टि भइसकेको वीर अस्पतालका श्वासरप्रश्वास रोग बिशेषज्ञ डा.अशेष ढुगांना बताउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषणले हालै गरेको अनुसन्धान अनुसार कुल जनसंख्याको १० प्रतिशतमा दम रोग पाइएको छ। सवै भन्दा बढी कर्णाली प्रदेशमा १५।१ प्रतिशतमा दम रोग छ ।

प्रदेश २ मा १६.२ प्रतिशतमा दम रोग,सुुदुरपश्चिममा १४.३ र प्रदेश ३ मा ११.७ प्रतिशतमा दम रोगी पाइएको छ। नेपालमा पछिल्लो समय बढ्दो प्रदुषण,सहरीकरणको कारण सवारीसाधनवाट निस्कने धुवाँ, सहरीकरणबाट निस्कने धुलो–धुवाँ जस्ता कारणले दम रोगमा बृद्धि भएको चिकित्सकले दावी गरेका छन् । ‘पहिला चुरोटको प्रयोग र दाउराको इन्धनवाट निस्कने धुवाँले दम हुन्थ्यो,अहिले प्रदुषित वातवरणले भइरहेको देखिन्छ’वीर अस्पतालका डा. ढुंगानाले भने। उनका अनुसार पछिल्लो समय कहिल्यै चुरोट प्रयोग नगरेकाहरुमा फोक्सोको क्यान्सर समेत देखिन थालेको छ।
नागरिकबाट

Skip This
Skip This
Logo