सरकारले ल्याएको अर्थनीतिबाट व्यापारी डराउनु पर्दैन : अर्थमन्त्री

सरकारले ल्याएको अर्थनीतिबाट व्यापारी डराउनु पर्दैन : अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज ।

अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले ल्याएको अर्थनीतिबाट उद्यमी, व्यापारी डराउन आवश्यक नभएको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकारको अर्थ नीतिकै कारण ब्याजदर कम हुँदै जानुको साथै व्यापार घाटासमेत घट्दै गएको जानकारी दिए । उनले व्यापारका क्रममा भएका सामान्य प्रक्रियागत त्रुटीकै आधारमा सरकार दण्डित गर्ने मनसायमा नभएको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले राष्ट्रिय अर्थतन्त्रलाई आघात पु¥याउने, राजश्व चुहावट तथा अवैधानिक व्यापार गर्नेलाई कानूनको दायरामा ल्याईछाड्ने नीति रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य ओमप्रकास शर्मालगायतले व्यापार प्रवद्र्धन तथा विदेशी लगानी भित्रिने व्यापार मैत्री कानून निर्माण गर्न आग्रह गरेका थिए ।
रासस

Logo