स्व. मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस मनाइयो

स्व. मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस मनाइयो

केन्द्रबिन्दु
0
Shares

ललितपुर । यलमाया केन्द्र, पाटनढोकामा गत आइतवार स्वर शिरोमणि स्व. मास्टर रत्नदास प्रकाशको १०७ औं स्मृति दिवस मनाइयो । कार्यक्रममा स्व. मास्टर रत्नदास प्रकाशका केही लोकप्रिय गीत तथा विभिन्न कलाकारहरूद्वारा शास्त्रीय संगीत प्रस्तुत गरिएका थिए ।

नेपाली स्रस्टाहरूका हुलाक टिकट निकाल्न सहयोग गरेवापत नेपाल फिलाटेलिक सोसाइटीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र ताम्रपत्र सहित सम्मान गरिएकाे थियो ।  शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधान तथा संगीत प्रवीण मोहन प्रसाद जोशीको पनि विशेष उपस्थिति थियो ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले रत्नदास प्रकाशजस्ता संगीतका इतिहासलाई राज्यले संरक्षण गर्नु पर्ने बताउदैं नेपाल वर्ष २०२० मा नेपाली शास्त्रीय संगीत र वाद्यवादनका कार्यक्रमहरूलाई पनि उत्तिकै महत्व दिए भ्रमण वर्ष सफल हुने जिकिर गरे ।

कार्यक्रमका आयोजक तथा सभापति स्व. मास्टर रत्नदास प्रकाशका सुपुत्र निर्मलरत्न प्रकाशले आगामी वर्ष बुबाको नाममा प्रतिष्ठान स्थापना गरी कलाकारहरूको सम्मान गर्दै अघि बढ्न १ करोड ११ हजार रुपैयाँ राशिको अक्षयकोष स्थापनाको घोषणा समेत गरेका थिए ।

Logo