काठमाडौं ।
गायिका इन्दिरा जोसीले आफ्नो नयाँ सांगीतिक कोशेली बजारमा ल्याएकी छिन् । सांगीतिक प्रस्तुतीका साथ एउटा फरक सामाजिक कथा समेटेर तयार गरिएको गीत आइतबार उनको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा श्रीकृष्ण वम मल्लको शब्द, संगीत सुन्न सकिन्छ । माया, प्रेम अनि समाजका गतिविधिमा कथित जातिय भेदभावले जन्माउने विविध विसंगतीलाई गीत र गीतमा तयार म्युजिक भिडियोमार्फत प्रस्तुत गरिएको छ ।
‘समाजमा हुने गरेको कथित जातिय विभेदविरुद्ध बोल्नका लागि यो गीत बजारमा ल्याएकी हुँ, गायिका जोसीले केन्द्रविन्दुसँगको कुराकानीमा भनेकी छिन्, ‘थाहा छैन, म मेरो उद्देश्यमा पुग्छु कि पुग्दिन तर, उद्देश्य भनेको जातिय विभेदको अन्त्यकै लागि हो ।’
सार्वजनिक भिडियोमा अभिनेता कर्मा, गायिका जोशी स्वयंसहित कविता, आले विनोद भट्टराई, मिश्र थापा लगायतको अभिनय देख्न सकिन्छ । एलिन श्रेष्ठको निर्देशनमा तयार गीतको भिडियोमा रविन श्रेष्ठको सहायक निर्देशन रहेको छ । गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । गीतको भिडियो :





























प्रतिक्रिया