गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लक्षित गरेर राईले ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ बोलको पर्यटन प्रवर्धन गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा गोरखा, बारपाकको प्राकृतिक सौन्दर्य र विशेषतालाई ब्याख्या गरिएको छ ।
सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष’लाई सघाउ पुगोस् भन्ने हेतुले आफ्नो पर्यटकीय गीत सार्वजनिक गरेको उनले बताए । गोरखाको बारपाक बस्ती २०७२ सालको विनासकारी भूकम्पले तहस–नहस बनाएको थियो । तर, पुननिर्माणपछि फेरि हेर्न र घुम्न लायकको बनेको छ बारपाक । गुुरुङ समुदायको बाहुल्यता रहेको बारपाकमा पुग्ने जोकोही मन लोभिन्छ । सार्वजनिक गीतमा राईल बारपाकको सुन्दरता र विशेषतालाई समेटिएको छ । यसअघि विभिन्न पर्यटकीय गीतहरु गाइसकेका भुवनले यसपटक आफ्नो गीतमार्फत बारपाक घुम्न आग्रह गरेका हुन् । पुर्वको इलाम, भेडेटारजस्ता पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने हेतुले त्यहाँको सुन्दरता र विशेषताका बारेमा गीत गाइसकेका भुवनले भने, ‘आहा कति राम्रो बारपाक मेरै गाउँ’ गीत सुनेर जो कोही पनि एकपटक बारपाक जाने सोच बनाउन सक्छ ।’
यस गीतलाई अहिलेका लागि लिरिकल भिडियोमा सार्वजनिक गरेको सुनाउँदै उनले भने, ‘यस गीतलाई पछि बारपाकमै गएर भिडियो बनाउने सोच छ ।’ हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् । उनका आधा दर्जनभन्दा बढी पर्यटकीय मात्र गीत रहेका छन् । गीतकार जेबी संयोगीको शब्द र गायक भुवनकै संगीत रहेको ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ गीतको संगीत संयोजन सञ्जय हमालले गरेका छन् ।































प्रतिक्रिया