काठमाडौं ।
सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम राखेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छ । नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
पछिल्ला केही दिनदेखि सुनको मूल्य बढिरहेको छ । गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो । शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आज पनि १ हजार रुपैयाँले बढेर ७५ हजार ५ सय भएको हो।
यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ । प्रतितोला चाँदीको मूल्य भने आज ९ सय रुपैयाँ कायम भएको छ ।





























प्रतिक्रिया