बगदाद ।
अमेरिकी आक्रमणमा मारिएका इरानी उच्च कमाण्डरको अन्त्यष्टिमा इराकी प्रधानमन्त्री पनि सहभागी भएका छन् । शनिबार कुसाम सोलेमानी र अर्का कमाण्डर अबु महदी अल मुहन्दिसको अन्त्यष्टिमा इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदी सहभागी भएका हुन् ।
मृतकको अन्त्यष्टिमा शनिबार दशौं हजार मानिस सहभागी थिए । साथै अमेरिका विरोधी नारावाजी गर्दै उनीहरुले शोक मनाए । सोलेमानी इराकको राजधानी बगदादमा गत शुक्रबार मारिएका हुन् । बगदादस्थित अमेरिकी राजदूतावासमा हिंसात्मक प्रदर्शन गरेको वदलाको रुपमा अमेरिकी सेनाले आक्रमण गरेको जनाएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया