जलविद्युत आयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत वढ्यो : उर्जामन्त्री पुन

जलविद्युत आयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत वढ्यो : उर्जामन्त्री पुन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सबै जलविद्युत आयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले आयोजना प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताए । उनले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताए । पुनले एकातर्फ विकासको आवश्यकता पुरा गर्ने सरकारको आकांक्षा छ भने अर्कोतर्फ जमिन नै उत्पादनको मुख्य साधन रहेकोले पनि समस्या आउने गरेको बताए ।

मन्त्री पुनले आयोजनाको लागत कम गर्ने चुनौति बढ्दै जाँदा स्थानीय तह र प्रदेश सरकारको सहयोगको अपेक्षा समेत गरे । उनले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताए ।

Skip This
Skip This
Logo