काठमाडौं ।
काठमाडौँको असन र इन्द्रचोकको मध्यभागमा रहेको पुरानो घरको चौथो तलामा आगो लागेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ झण्डै ६ बजे एउटा घरमा लागेको आगलागी नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिएको महानगरीय प्रहरीवृत्त जनसेवाले जनाएको छ ।
आगो नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको तीन, ललितपुर महानगरपालिकाको एउटा दमकल र पाँच/छ वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।
राति अबेर सम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रासस





























प्रतिक्रिया