वाशिङ्टन ।
सन् २०१९ मा अमेरिकामा बन्दुकबाट मात्र ३८ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। एक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सो कुराको जानकारी दिइएको हो । एफे न्यूजको रिपोर्ट अनुसार गन भ्वाइलेन्स अर्काइव (जीवीए) संगठन, जसले देश भरमा बन्दुकबाट भएका हिंसाका घटनाहरुको तथ्यांक राख्ने गर्छ। जीवीएको प्रतिवेदन अनुसार बन्दुकबाट २०१९ मा ३८ हजार ७ सय ३० जना मानिसले ज्यान गुमाएका छन्।
उक्त प्रतिवेदन अनुसार १४ हजार ९ सय ७० घटना योजनाबद्ध हत्या र दुर्घटनावश गोली चलेर मारिएका घटना हुन् । जबकी २०१८ मा १४ हजार ७ सय ८९ वटा घटना भएको सो रिपोर्टले देखाएको थियो।
जीवीएका अनुसार २०१९ मा २३ हजार ७ सय ६० घटना आत्महत्याका छन् । बन्दुकबाट भएको हिंसाका घटनामा ११ वर्ष भन्दा कम उमेर समूहका कुल २ सय ७ जना बालबालिकाले आफ्नो ज्यान गुमाउनु पर्यो भने ४ सय ७३ बालबालिका घाइते भए ।
यस्तै, १२ देखि १७ वर्षका ७ सय ६२ बालबालिकाको मृत्यु भएको थियो भने २ हजार २ सय ५३ बालबालिका घाइते भएका थिए । २०१९ मा ४ सय ९ पटक सामूहिक गोलीबारी तथा हत्याका घटना भएका छन् । जसलाई जीवीएले यस्ता घटनामा परिभाषित गरेको हो । जसमा चार अथवा चार भन्दा बढी मानिस घाइते भए या मारिए।
नागरिकबाट





























प्रतिक्रिया