भिडियोमा हेर्नुहोस् भ्रमण वर्षकाे भव्य उद‍्घाटन

भिडियोमा हेर्नुहोस् भ्रमण वर्षकाे भव्य उद‍्घाटन

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज एक भव्य कार्यक्रमका च ‍औपचारिक रूपमा उद‍्घाटन गरिएकाे छ । दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षकाे प्रतिक ‘यती’ काे अनावरण गर्दै दीप प्रज्वलन गरेसँगै शुभारम्भ भएकाे हाे ।

दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यस अगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरे।

उद‍्घाटन समाराेहकाे विस्तृत भिडियो

Skip This
Skip This
Logo