पदक हराएका पहिलो अन्तर्राष्ट्रिय विजेताको संघर्ष (भिडियोसहित)

पदक हराएका पहिलो अन्तर्राष्ट्रिय विजेताको संघर्ष (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

खेलकुद क्षेत्रको जिउदो इतिहास हुन् जीतबहादुर केसी । सन् १९७३ मा भएको एसियन च्यामपियनसिपमा एथ्लेटिक्सबाट पदक जितेपछि उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी बने । अर्थात नेपाली खेलक्षेत्रको पदक इतिहासमा उनी प्रथम नायक बने । त्यसवेला उनी खाली खुट्टा दौडिएका थिए ।

साढे पाँच दशकदेखि लगातार दौडिरहेका छन् उनी । उमेरको गणनाले ७१ बर्ष पार गरेपनि अझै स्फुर्ति बाँकी छ, उनीभित्र । उनको करिअर दगुरेर सुरु भयो र दगुर्दा–दगुर्दै जीवनको उत्तरार्धमा पुग्यो ।

एकमात्र अन्तर्राष्ट्रिय रंगशालाभित्रको ‘एथलेटिक्स् ट्रयाक’ उनका लागि प्राण जत्तिकै प्यारो छ । यसैमा कुदेर धेरै मेडल लगाएका छन् उनले । यही ‘ट्रयाक’मा कुदाएर उनले सयौं उत्तराधिकारी पनि जन्माएका छन् । उनको यही लगनशिलतालाई हेरेर राष्ट्रिय खेलकुद परिषद (राखेप)ले ‘ग्राउन्ड इन्चार्ज’ बनाइदिएको छ । त्यसैले पनि उनी ७१ बर्षे बुढो शरीर घिसार्दै उज्यालो हुनुअघि नै रंगशाला छिरिसक्छन् ।

यसपटक केन्द्रबिन्दु टेलिभिजनले उनै खेलाडी जीतबहादुरको जीवन संघर्ष देखाउने प्रयास गरेको छ । थप जानकारी हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo