अमेरिकाद्वारा इराक र सिरियामा आक्रमण, २ दर्जनको मृत्यु

अमेरिकाद्वारा इराक र सिरियामा आक्रमण, २ दर्जनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सेनाले इराक र सिरियामा हवाई आक्रमण गरेको छ ।

इराक र सिरियामा हिज्बुल्लाह सशस्त्र समूहका विरुद्ध अमेरिकी सेनाले गरेको सैनिक आक्रमणमा २५ लडाकुको मृत्यु भएको छ। अमेरिकाले आफ्ना नागरिक विद्रोहीको रकेट आक्रमणमा मारिएको दुई दिनपछि ‘रक्षात्मक आक्रमण’गरेको दाबी गरेको छ।

रोएटर्सका अनुसार आइतबार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो।  आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरेको हो।

आक्रमणमा कम्तीमा १८ लडाकुको मृत्यु भएको इराकका सुरक्षा निकाय तथा लडाकुले रोएटर्सलाई बताएका छन्। उनीहरुका अनुसार तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

इराकी सैन्य क्षेत्रमा भएको सो आक्रमणमा कम्तिमा ५५ जना घाइते समेत भएको इराकी सैन्य सुरक्षा स्रोतले जनाएको छ। मारिने लडाकुमध्ये कम्तिमा ४ जना कमाण्डरसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गतहप्ता रकेट आक्रमणबाट अमेरिकी ठेकेदारको मृत्यु  र अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए ।

Logo