पर्वत ,
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक प्रतिस्पर्धा नगरी विकास निर्माणमा प्रतिष्पर्धा गर्नुपर्नेमा जोड दिएका छन् ।
पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेस्थित नवज्योति थम माविको चारकोठे नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भौतिक पूर्वाधारका योजनामा यो दल ऊ दल भन्न नहुने बताए । अध्यक्ष तिमिल्सिनाले राजनीतिक प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हुने चर्चा गर्दै जनप्रतिनिधिले आफ्नो सेवामा विभेद गर्न नहुने बताए ।
बहुमत प्राप्त अहिलेको सरकार मुलुक र नागरिकप्रति सचेत रहेको उनले उल्लेख गरे । प्रदेशसभा सदस्य ललितकला गुरुङले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सबै तहको ध्यान जानु उत्तिकै आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर बी पौडेल, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, उपप्रमुख सेती महतलगायतले शिक्षा र स्वास्थ्यमा ध्यान जानु पर्ने बताए ।





























प्रतिक्रिया