शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विहिबार भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।

खेलको ३६ औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गरेका थिए । उनले फ्रिकिकमा गोल गरे । पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी ड्याडी जुनियर बाम्बाले गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

जारी लिगमा सङ्कटाले तीन खेलबाट चार अङ्क बटुलेको छ भने जाउलाखेलले तीन खेलबाट पाँच अङ्क जोडेको छ । लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रो हुनेले २५ लाख, चौथोले १५ लाख, पाँचौले सात लाख तथा छैंटौ हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

Logo